सल्यान २८ असार । सल्यानमा पूर्ण खोप गाविस घोषणा अभियानलाइ तिब्रता दिइएको छ । सन २०१७ सम्म जिल्लालाई नै पूर्ण खोपयुक्त घोषणा गर्ने लक्ष्य अनुसार यो अभियानलाइ जिल्ला स्वास्थ्य कार्यालयले तिब्रता दिएको छ ।

khopयहि क्रममा सल्यानकै दोश्रो गाविसको रुपमा धनवाङ गाविसलाइ भोलि पूर्ण खोप गाविस घोषणा गरिने भएको छ । स्वास्थ्य चौकी धनवाङले पूर्ण खोप घोषणाका लागी सम्पूर्ण प्रक्रिया पुरा गरेकाले भोलि एक कार्यक्रमका विच पूर्ण खोप गाविस घोषणा गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ ।

१२ महिना देखि २३ महिना सम्मका बालबालिकाले पाउनुपर्ने पोलियो, बिसिजी, हेपटाईटिस बी, डिपिटी, दादुरा, रुबेला, टिटी जस्ता खोप पूर्ण रुपमा पाएको अवस्था र आउँदा दिनमा पनि पाउने सुनिश्चितता भएपछि धनवाङ पूर्ण खोप गाविस बन्ने भएको हो ।।