तुलसीपुर २८ असार । दाङको पुरन्धारा गाबिस १ सुन्दर खालका ५ जना कृषकलाई उन्नत जातका बाख्रा पालनका लागी आर्थिक सहयोग गरिएको छ । आज एक कार्यक्रमको आयोजना गरि एलजिसिडिपिले पुरन्धार १ का ५ जना कृषकलाई ६० हजार रुपैयाँ सहयोग गरेको हो । पुरन्धारका अधिकांसको एउटा पेशा बाख्रा पालन मानिन्छ ।
अहिले त्यहाँका बासिन्दाले ब्यबसायिक गोठ बनाएर बाख्रा पालन गरिरहेका छन् । घरको अन्य कामकाजसँगै बाख्रा पनि सहज रुपमा पाल्न सकिने भएपछि पछिल्लो समय स्थानीयहरु बाख्रापालनतर्फ आकर्षित हुन थालेका हुन् । उनीहरुको आयाआर्जनमा पनि बृद्धि भएको स्थानिय कुल बहादुर राणाले बताउनुभयो ।