इन्द्रेणी संवाददाता
काठमाडौं, १२ भदौ। नेपालमा आज शुक्रवार थप ९२७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

koronaaस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले विगत २४ घण्टामा १० हजार २२९ ओटा पीसीआर परीक्षण गर्दा ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ ।

वितेको २४ घण्टामा कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९५ पुगेको छ ।
शुक्रवार मात्रै थप १६९ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म नेपालमा कुल पीसीआर परीक्षण संख्या ६ लाख ५८ हजार ११० पुगेको छ । नेपालमा कुल संक्रमित मध्ये ५६ प्रतिशतलाई निको भएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार १९ जना रहेको छ।