इन्द्रेणी संवाददाता
दाङ, १० भदौ । दाङ प्रहरीले जवरजस्ती करणी मुद्दामा दोषी ठहर भइ फरार अभियुक्त पक्राउ गरेको छ ।

118066507_293324728639831_4405643504758032673_nसर्वाेच्च अदालतले २०७३ भदौ २७ गते सामुहिक करणी मुद्दामा १० वर्ष ३ महिना १९ दिन कैद सजाय सुनाएका दाङ राप्ती गाउँपालिका वडा नं. ३ बस्ते २६ वर्षका सन्दीप चौधरीलाई मंगलवार प्रहरीले पक्राउ गरेको हो ।

राप्ती गाउपालिका ३ मसुरियामा लुकिछिपी डिडिरहेको अवस्थामा चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनलाई पक्राउ पछि आज बुधवार दाङ देउखुरी जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।