इन्द्रेणी संवाददाता
दाङ, ८ भदौ । दाङमा आज थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६९ जनाको पीसीआर परीक्षण गर्दा १४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
प्रतिष्ठानका अनुसार शान्तिनगर गाउँपालिकाका ११ र घोराही उपमहानगरपालिकाका ३ जना गरी १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा शान्तिनगर ३ का एक, वडा नंं ४ का ९ जना र वडा नं. ५ का एक जना रहेका छन् । त्यस्तै घोराही उपमहानगरपालिका १४ का एक र र १५ का दुई जना रहेका छन् ।











