सल्यान, १ भदौ । सल्यानको कपुरकोटमा सोमबार बसेको गाउँपालिकास्तरिय विपद् ब्यवस्थापन समितिको बैठकले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि विभिन्न निर्णयहरु गरेको छ । समितिका अध्यक्ष तथा कपुरकोट गाउँपालिकाका प्रमुख भिमबहादुर सेनको अध्यक्षतामा बसेको बैठकले संकास्पद ब्यक्तिहरुको पीसीआर परिक्षण कार्यलाई तिब्रता दिने निर्णय गरेको छ ।

DSC_0089गाउँपालिकामा पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्दा आवश्यक पर्ने भिटिएम एक हजार भन्दा बढीको संख्यामा रहेकाले संकास्पद र प्रतिनिधीमुलक तरिकाले सबै क्षेत्रका मानिसको स्वाब संकलन गरेर परीक्षणका लागि प्रयोगशालामा पठाउने निर्णय बैठकले गरेको छ ।

यस्तै आउँदै गरेका हरितालिका तीज लगाएतका चाडवाडमा पिङ खेल्ने, चानगान तथा जमघट हुन प्रतिवन्ध लगाउने निर्णय भएको छ । गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर सहित सबै वडा अध्यक्षहरु, राजनीतीक दल, उद्योग वाणिज्य संघ, बजार ब्यवस्थापन समिति, कृषि उपज बजार केन्द्र, सुरक्षाकर्मी सम्मीलित बैठकमा कोरोना नियन्त्रणका लागि जारि गरिएका सम्पूर्ण नियमहरु पूर्ण रुपमा पालना गर्ने तथा गर्न लगाउने विषयमा छलफल भएको थियो ।