दाङ, १ भदौ । दाङको तुलसीपुरमा घरमै बसेका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण भएपछि संक्रमितको घरमा सिल गरिएको तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखाका सम्पर्क व्यक्ति विमल केसीले बताएका छन् ।

koroसाउन २६ गते स्वाब दिएका सङ्क्रमित व्यक्तिको नेपालगञ्ज भेरी अस्पतालमा स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । संक्रमणको पुष्टि भएपछि घरमा आवात–जावतमा रोक लगाइएको छ । संक्रमित व्यक्तिलाई बेलुझुण्डीको कोरोना विशेष अस्पतालमा पठाइएको छ । तुलसीपुर उपमहानगरपालिकामा १६ का ती व्यक्ति सल्यानको कपुरकोटमा रहेको राष्ट्रिय अदुवाबाली अनुसन्धान केन्द्रमा कार्यरत भएको बताइएको छ ।