इन्द्रेणी संवाददाता
काठमाडौं, १ भदौ । पाटन अस्पतालमा एक जना कोरोना संक्रमितको ज्यान गएको छ । साउन २० गते अस्पताल भर्ना भएका काठमाडौं निवासी ६० वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।
गंगालाल अस्पतालमा मुटुको अपरेशन गरेपछि उनीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । उनीमा मधुमेह, उच्चरक्तचाप र मृगौला सम्बन्धी पनि समस्या रहेको बताइएको छ।











