काठमाडौँ, ३२ साउन । नेपाल प्रहरीका दुई जना डीआईजीमा कोरोना संक्रमण देखिएको छ । नेपाल प्रहरीको महाराजगञ्जस्थित अस्पतालमा कार्यरत दुई डीआइजीमा संक्रमण पुष्टि भएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुबेर कडायतले बताए ।

koroनेपाल प्रहरीको हेडक्वार्टर र अस्पतालमा गरी १५५ जनामा संक्रमण भइसकेको छ । यस्तै प्रहरीको देशभर ६२० जनामा कोरोना संक्रमण पुष्टि भएको र त्यसमध्ये १४० जना निको भएका छन् ।