काठमाडौं, ३२ साउन । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि देशका ३६ जिल्लाका विभिन्न ठाउँमा लकडाउन, निषेधाज्ञा र सिल गरिएको छ ।

koronaती जिल्लाका विभिन्न ठाउँमा कोरोना संक्रमितहरु बढ्दै गएपछि त्यहाँको अवस्था हेरेर स्थानीय सरकार, स्थानीय प्रशासनले लकडाउन, निषेधाज्ञा र सिलजस्ता कार्यक्रमको घोषणा गरेका छन् ।

संघीय सरकारले लकडाउन खोलिसकेको र पुनः लकडाउन नगर्ने बरु त्यसको जिम्मा त्यहाँको अवस्था हेरेर प्रदेश सरकार, स्थानीय सरकार र स्थानीय प्रशासनलाई जिम्मा दिइसकेको छ ।

निषेधाज्ञा, लकडाउन र सिल गरिएका जिल्लाहरु :-
१. सप्तरी निषेधाज्ञा
२. धनुषा निषेधाज्ञा
३. नुवाकोट अत्यावश्यक बाहेकका सेवा बन्द
४. बाँके निषेधाज्ञा
५. पर्सा निषेधाज्ञा
६. बारा निषेधाज्ञा
७. महोत्तरी निषेधाज्ञा
८. सुनसरी निषेधाज्ञा
९. सर्लाही निषेधाज्ञा
१०. स्याङजा निषेधाज्ञा
११. सिरहा लकडाउन
१२. जुम्ला निषेधाज्ञा
१३. बर्दिया निषेधाज्ञा
१४. बझाङ निषेधाज्ञा
१५. मोरङ लकडाउन
१६. दार्चुला लकडाउन
१७. झापा लकडाउन
१८. कञ्चनपुर अत्यावश्यक बाहेक सबै काम बन्द
१९. काठमाडौं अत्यावश्यक बाहेक सबै काम बन्द
२०. रौतहट निषेधाज्ञा
२१. रुपन्देही लकडाउन
२२. कैलाली लकडाउन
२३. मकवानपुर निषेधाज्ञा
२४. कपिलवस्तु अत्यावश्यक बाहेक सबै काम बन्द
२५. धादिङ निषेधाज्ञा
२६. रुकुम पश्चिम निषेधाज्ञा
२७. धनकुटा निषेधाज्ञा
२८. तनहुँ निषेधाज्ञा
२९. उदयपुर निषेधाज्ञा
३०. सुर्खेत निषेधाज्ञा
३१. पाल्पा सिल
३२. रामेछाप सिल
३३. चितवन निषेधाज्ञा
३४. दोलखा निषेधाज्ञा
३५. ललितपुर अत्यावश्यक बाहेक सबै काम बन्द
३६. भक्तपुर अत्यावश्यक बाहेक सबै काम बन्द