काठमाडौं, ३१ साउन । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन सम्बाद भएको छ ।

oli modi phoneटेलिफोन सम्बादमा केपी शर्मा ओलीले भारतको ७४ औँ स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिएको थिए । साथै दुई प्रधानमन्त्रीबीच कोरोनाको सङक्रमण न्यूनिकरणका लागि मिलेर अघि बढ्ने समझदारी समेत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

क्रममा प्रधानमन्त्री ओलीले कोरोनाविरुद्ध खोप बनाउने भारतसहित विश्वका विभिन्न देशहरुकोको प्रयास सफल हुने विश्वास व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।