इन्द्रेणी संवाददाता
दाङ, २९ साउन । दाङमा खोलाले बगाउदा एक महिलाको ज्यान भएको छ । यहाँको ग्वारखोलाले बगाउदा सल्यान कपुरकोट गाउँपालिका ६ जिवाङकी ४२ वर्षीया तीलसरा सार्कीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
उनी रोल्पाको रुण्टीगढी गाउँपालिका ८ बाट सल्यान घर जान भनेर हिडेको र ग्वारखोलाले वगाएर वेपत्ता भएकी कार्कीको आज विहीबार विहान तुलसीपुर १८ स्थित ढोरेनीमा मृत अवस्थामा फेलय परेको प्रहरीले जनाएको छ । उनको शव राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ ।











