नेपालगञ्ज, २८ असार
बाँके र बर्दियामा दुई वर्षअघि आएको बाढीबाट पीडित बनेकाले सरकारबाट घोषणा भएको राहत रकम अझैसम्म पाउन सकेका छैनन् । दुई वर्षअघि बाढीपीडितका लागि आएको रकम अत्यन्त न्यून भएपछि वितरण हुन नसकी फिर्ता हुने भएको हो । badhi

बाढीपीडितका लागि पुनर्वास र पुनस्थापनाका लागि दुई जिल्लामा झण्डै ७० करोड रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएकोमा सरकारले १५÷१५ लाख रुपैयाँ मात्रै जिल्लामा पठाएपछि वितरण हुन नसकेको हो ।

शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख डिभिजनल इञ्जिनियर रमेश थपलियाले दुई जिल्लामा आंशिक बाढीपीडितका लागि ५÷५ हजार रुपैयाँ वितरणका लागि पनि झण्डै ५ करोड रुपैयाँ आवश्यक पर्ने बताउनुभयो ।

सरकारले यसवर्ष पठाएको १५ लाख रुपैयाँ पीडितलाई दामाशाहीले वितरण गर्नुपर्ने माग समेत आएको जिल्ला विकास समिति बाँकेले जनाएको छ ।  रकम अत्यन्त न्यून आएपछि पीडितले बारम्बार रकम किन वितरण भएन भन्दै सोधेर हैरान बनाइरहेको गाविस सचिवहरुको गुनासो छ ।।