दाङ, २८ असार
हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिज आउँन अझै करिब दुई महिना बाँकी रहेको छ । तर काठमाडौमा यतीबेला सयौ तिज गीत रेकर्ड भएका छन् । आजभोली स्टुडियो देखी लोक दोहोरी कलाकारहरु तिज गीतकै लागी निकै ब्यस्त देखिन्छन् । उत्तिकै व्यस्त छन् पछिल्लो समयमा लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाई चर्चा कमाउन सफल लोक दोहोरी गायक प्रेमविवश घर्ती ।prem

२०६२ सालमा रेडियो नेपालमा लोक गीत विधामा स्वर परिक्षा उतिर्ण गरेका घर्तीले २०६३ साल देखी लोक दोहोरी गीत रेकर्ड गर्न शुरु गरेतापनी तीज गीत भने २०७१ साल देखी बजार मा ल्याएका हुन् ।

२०७१ साल मा झक्कास यल्बम् को
रातो रातो साडीमा झनै राम्रो हाँसो,
वर्ष दिनको तिजमा मैले गीत गाउँदा दामी दामी मैयाको झक्कास झक्कास नाचो ,
र छमछमी यल्बम्को छमछमी नाच बोलको तिजका गीतहरुले दर्शक श्रोताको मन जित्दै चर्चा पाएपछी गायक घर्तीले अन्य लोक दोहोरी सँग सँगै तिजको गीत हरेक वर्ष निरन्तर दर्शक र श्रोता माझ पस्की रहेका छन् । करिब दुई दर्जन गीत रेकर्ड गरिसकेका गायक घर्तीले यो साल पनी हिन्दु महिला दिदी बविनीहरुको महान चाड हरितालिका तिज लाई मध्यनजर गरेर दुई वटा तिज यल्बम् दर्शक श्रोता माझ लिने तयारी गरेका छन् ।

हरेक वर्ष तिजको बेला दिदी बहिनीहरु लाई आफ्नो गीत मार्फत नचाउँदै आएका गायक घर्तीले यस्पाली पनी दुई वटै तिज गीतले छमछमी नचाउने बताएका छन् । यसपालीको तिज मा भने गायक घर्तीलाई सम्योगले गायिका टीका पुन र टीका बोहराले साथ दिएका छन् । बहुप्रतिभाको धनी घर्तीले गाउने मात्र नभएर गीत श्रृजनामा शब्द संगीत पनी दिदै अएकाछन् ।

pre2गायक घर्तीले गाएका २० भन्दा बढी गीतमा उनको आफ्नै शब्द सँगीत रहेको छ ।पछिल्लो समयमा प्रेम विवश ले गाएको थुप्रै गीतमा भने सुवास घर्तीका शब्द रहेका छन् । यसपालीको दुई वटै तिज गीतमा सुवास घर्तीको शब्द र गायक प्रेमविवश कै संगीत रहेको छ ।

भने यसपालीको तिज यल्बम ‘छोटो छोटो चोली ’ र ‘ हैट ’को ८० प्रतिशत काम सकिएको र आफु निरन्तर तिज गीत फाइनल मा काठमाडौं मा व्यस्त रहेको गायक घर्तीले जानकारी दिएका छन् ।।