इन्द्रेणी संवाददाता
दाङ, २७ साउन । दाङका २९ जना नेपाली सेनामा कोरोना देखिएको छ । भेरी अस्पतालमा गरिएको स्वाब परीक्षणमा तुलसीपुरस्थित १९ नम्बर वाहिनेका २९ जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

koronaसाउन १८ गते प्यूठानबाट आएका एक जना नेपाली सेनामा कोरोना देखिएपछि अन्य ३१ जनाको स्वा संकलन गरी परीक्षणका लागि नेपालगत्तज पठाइएको थियो । ती मध्ये २९ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।

यसैगरी दाङमा एक जना बालकमा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परीक्षणमा शान्तिगर गाउँपालिकाका  २ का ९ वर्षका बालकमा कोरो पुष्टि भएको हो ।