काठमाडौं, २७ साउन। नेपालमा आज मंगलवार थप ६३८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ८३ जनाको मृत्यु भएको छ ।
यसैगरी कुल पीसीआर परीक्षण संख्या ४ लाख ६२ हजार ६९८ पुगेको छ भने पछिल्लो २४ घण्टामा १० हजार ४६२ ओटा पीसीआर परीक्षण गरिएको छ ।हाल क्वारेन्टाइनमा ११ हजार ५८ जना रहेका छन् । आईसोलेशनमा हजार २०१ जना रहेका छन् ।
हाल नेपालमा सक्रिय कोरोना संक्रमितको ७ हजार २०१ जना रहेको छ ।











