घोराही, २६ साउन । महेन्द्र बहुमुखी क्याम्पस घोराही आंशिक प्राध्यापक संघले लगाएको ताला प्रहरीले फोडेको छ ।

आइतवार आंशिक प्राध्यापकहरुले क्याम्पसमा कुर्सी, टेबल जलाउदै
प्राध्यापकहरुले सोमवार प्रशासनिक भवनमा ताला लगाएका थिए । ताला लगाएपनि त्यहाँ पुगेको प्रहरीले ताला फोडेर हटाएको थियो ।
लामो समयदेखि आन्दोलन गर्दै आएका आंशिक प्राध्यापकहरुले आइतवार क्याम्पस प्रमुखको कार्यकक्षमा रहेका कुर्सी, टेबल र नेम प्लेट जलाएका थिए । क्याम्पसमा कुनैपनि अप्रिय घटना हुन नदिन प्रहरीले सतर्कता अपनाएको छ ।











