पर्सा, २५ साउन । पर्साका थप ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा थप ७१ जनामा कोरोना संक्रमण देखिएको हो ।

koronaaपरीक्षणमा बाराका तीन र सर्लाहीका एक गरी ७५ जनामा सङ्क्रमण पुष्टि भएको हो । जसमध्ये ६० जना पुरुष र १५ जना महिला छन् । सङ्क्रमित हुनेमध्ये आठ जना प्रहरी, भारतीय महावाणिज्यदूतावासका एक जना कर्मचारी, नारायणी अस्पतालका दुई जना कर्मचारी, वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य महाशाखाका कर्मचारीसमेत रहेको नारायणी अस्पतालले जनाएको छ ।