वीरगञ्ज, २५ साउन । वीरगञ्जमा उपचार नपाएर ज्यान गुमाएकी २० वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
वीरगञ्ज महानगरपालिका २ को छपकैयाकी महिलाको उपचारको लागि कुनै पनि अस्पतालले भर्ना लिन नमानेपछि शुक्रबार राति ज्यान गएको थियो ।
नारायणी अस्पतालमा रहेको प्रयोगशालाको परीक्षण रिपोर्टअनुसार उहाँमा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।











