पर्सा, २३ साउन । वीरगञ्जको पर्सामा १ सय ४१ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । नारायणी अस्पतालमा रहेको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १ सय ४१ जनामा सङक्रमण पुष्टि भएको हो ।

koronaआज २१ महिलासहित १ सय ४१ जना सङ्क्रमित थपिएको अस्पतालका डाक्टर निरज सिंहले बताए । सङ्क्रमितमध्ये ४३ जना थुनुवा रहेका छन् । पछिल्लो समयमा पर्सामा दैनिकजसो कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।