काठमाडौँ, २२ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोनो सङ्क्रमण पुष्टि भएको छ ।

parchandप्रचण्डको बाहिरी सुरक्षा घेरमा बस्ने प्रहरीलगायत प्रचण्डको परिवारका सदस्यको बुधबार स्वाब सङ्कलन गरी परीक्षण गर्दा ६ जना प्रहरीमा सङ्क्रमण देखिएको हो ।

अध्यक्ष प्रचण्डसँग हिँडडुल गर्ने सुरक्षाकर्मीमा भने कोरोना नदेखिएको उनका प्रेस संयोजक विष्णु सापकोटा जुगलले बताए ।