काठमाडौँ, २२ साउन । आज नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ६२२ जनाको स्वाब परीक्षण गर्दा ३६० जनाको रिपोर्ट पोजेटिभ आएको हो । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २१ हजार ७५० पुगेको छ
हाल ९ हजार ४७० जना क्वारेन्टिनमा छन् ।मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।











