रोल्पा, १५ साउन । रोल्पामा पहिलोपटक प्यारापिटसहितको रंगशाला निर्माण भएको छ ।

rolpaमाडीचौरमा रहेको रंगशालामा गत आर्थिक वर्षमा नेपाल सरकार खेलकुद मन्त्रालयको ५० लाख र रोल्पा नगरपालिकाको ८ लाख गरी ५८ लाखको लगानीमा रंगशालाको प्यारापिट निर्माण गरिएको हो ।

सोही बजेटबाट रंगशालाको घेराबार र गेट पनि निर्माण गरिएको छ । पूर्वाधार अभावमा खेल क्षेत्रको विकास हुन नसकिरहेको अवस्थामा रोल्पामा प्यारापिटसहितको रंगशाला निर्माण भएपछि स्थानीय खेलाडीहरू उत्साहित बनेका छन् ।

प्यारापिटसहितको आकर्षक रंगशाला बनेसँगै अबदेखि जिल्लामा खेलकुद प्रतियोगिता सञ्चालन तथा अभ्यास गर्न सहज हुने माडीचौर रंगशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष तथा खेलाडी मलङ घर्तीले बताए ।

FB_IMG_1596045831785