दीपक शर्मा
बर्दिया, १३ साउन । बर्दियाको ठाकुरबाबा नगरपालिकाको भुरिगाउँ क्वारेन्टाइनमा वसेका बेला आत्महत्या गरेका व्यक्तिको पिसीआर रिपोर्ट पोजेटिभ आएको छ ।

koroअछाम घर भएका ४३ वर्षिय ती व्यक्ति भारतबाट कैलाली हुँदै बर्दिया आएका ती व्यक्तिले आइतवार राति क्वारेन्टाइनमै आफूले प्रयोग गर्दै आएको तत्तको पासो लगाएर आत्महत्या गरेका थिए ।

अछाम जाने अवस्था नभएपछि सामान्य नाता पर्ने बर्दियाको ठाकुरबाबा नगरपालिकाको सैनवारमा आएको त्यहा वस्ने बातावरण नभएपछि बाटोमा अचेत अवस्थामा फेला परेपछि क्वारेन्टिनमा राखिएको ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरी रिजालले बताए ।

पिसिआर रिपोर्ट पोजेटिभ आएपछि सेनाले शव व्यवस्थापन गरेको छ । उनी भारतबाट साउन ९ गते भुरिगाउँ आफन्तकोमा आएका थिए ।