इन्द्रेणी संवाददाता
दाङ, १२ साउन । दाङमा अबैध काठ ओसारपसारमा संलग्न भएको आरोपमा ११ जना पक्राउ परेका छन् । वन डिभिजन कार्यालय देउखुरीले सालको काठ ओसारपसार गरेका भन्दै उनीहरुलाई पक्राउ गरेको हो ।

bannaपक्राउ पर्नेहरुमा राप्ती गाउँपालिका ४ निवासी २१ वर्षका मनोज श्रेष्ठ, वडा नं. ४ कै २५ वर्षका विरबहादुर वली, शिशिर शाही, शेखर थापा, तिलक नेपाली, विष्णु गिरी, राहुल भुसाल, दुर्गे थापा, हेम थापा, प्रकाश कुमाल, सञ्जिव विक रहेका छन् ।

उनीहरुमध्ये मनोज श्रेष्ठ पहिले पक्राउ परेको उनकै आधारमा अन्य व्यक्तिलाई पक्राउ गर्न सफल भएको सहायक वन अधिकृत देवीप्रसाद चौधरीले जानकारी दिए । उनीहरुबाट १५ थान सालका चिरान काठ समेत वरामद गरिएको छ ।