वीरगञ्ज, १२ साउन । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा आठ जना स्वस्थ्यकर्मीसहित १९ जनामा कोरोना देखिएको छ । आइतबार राति अबेर आएको रिपोर्टमा आठ स्वास्थ्यकर्मीसहित थप १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

corona positivसङ्क्रमित हुने स्वास्थ्यकर्मीहरूमा नारायणी अस्पतालको सर्जिकल वार्डमा कार्यरत ४३ वर्षीय कर्मचारी, गण्डक अस्थायी कोभिड अस्पतालमा कार्यरत ३४ वर्षीय कर्मचारी, एपोलो अस्पतालमा कार्यरत ३४ वर्षीय कर्मचारी रहेका छन् । त्यस्तै गरी पर्सागढी नगरपालिकाको बढनिहार क्वारेन्टिनमा रहेका २३ तथा २८ वर्षीय महिला स्वास्थ्यकर्मी र ३७, ४२, ४५ वर्षीय पुरुष स्वास्थ्यकर्मी रहेका छन् ।