राजविराज, ६ साउन । सप्तकोसी नदीको पानीको वहाव उच्च भएपछि आज मंगलबार बिहानबाट ब्यारेजका ५६ मध्ये ४८ वटा ढोका खोलिएको छ ।

koshiमंगलबार बिहान ५ बजेको मापनअनुसार कोसी ब्यारेज भएर ३ लाख २९ हजार ३ सय ८० क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाव भइरहेको ब्यारेज नियन्त्रण कक्षले जनाएको छ ।

सप्तकोसीमा बहाव बढेसँगै पश्चिमी तटबन्धसँग टाँसिएका बस्तीहरु जोखिममा परेका छन् भने मध्यकोसीमा रहेको गोबरगाढा गाउँ पानीले घेरिएको छ ।