इन्द्रेणी संवाददाता
दाङ, ५ साउन । कोरोना संक्रमणलाई फैलना नदिने भन्दै दाङमा बजार खोल्न निर्धारण गरिएको निर्धारित समय हटाइएको छ । कोरोना संकट विपद् व्यवस्थापन समिति (सिसिएमसी) को सोमवार वसेको बैठकले बजार खोल्न लगाइएको निर्धारित समय हटाएको हो ।

ghorahiसमितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसार रिजालको अध्यक्षतामा वसेको बैठकले सोमवार देखि नै लागु हुने गरी अब जिल्लाका बजारहरु रातिको ९ बजेसम्म खोल्न दिने निर्णय गरेको छ ।

यसअघि दाङका बजारहरु बेलुका ५ बजेसम्मका लागि मात्रै खुल्ला गरिएको थियो । तर, सरकारले लकडाउन खुकुलये गरेर खुल्ला गरेका व्यापार व्यवसायवाहेक अन्य व्यवसाय भने बन्द नै रहने बताइएको छ ।