दाङ, ३ साउन । दाङमा टिमुर वर्ष अभियानअन्तर्गत ५२ हजार टिमुरका बिरुवा रोपिएको छ । स्थानीयलाई आर्थिक आयआर्जनसँग जोड्दै जीवतस्तर सुधार गर्ने उद्देश्यका साथ जिल्लाको पहाडी क्षेत्रमा ५२ हजार विरुवा रोपिएको हो ।

mear sabयसबर्ष करिब एक लाख टिमुरका बिरुवा रोप्ने लक्ष्य लिए अनुसार अहिले सम्म बंगलाचुली गाउँपालिका, तुलसीपुरको छिल्लीकोट र घोराही उपमहानगरको सैघामा टिमुरका बिरुवा रोपिएको छ । सामुदायिक वन र व्यक्तिका बारीमा टिमुरका बिरुवा रोपिएको हो ।

शुक्रवार मात्रै घोराही उपमहानगरपालिका वडा नं. १९ राम्चेको मदन आश्रित सामुदायिक वन क्षेत्रमा २ हजार ३ सय टिमुरका बिरुवा रोपिएको छ । वन समूहका उपभोक्ताहरुको सक्रियतामा २३ सय टिमुर, ७ सय वटा मालागेडी र दालचिनीका बिरुवा रोपिएको छ ।

जिल्लाको पहाडी भेग वंगलाचुली गाँउपालिकाका विभिन्न क्षेत्र, घोराही उपमहानगरपालिकाका वडा नं. १८ र १९, तुलसीपुर उपमहानगरपालिकाको वडा नं. ३ र १९ टिमुर लाई टिमुर र सुगन्धकोकिला (मालागेडी( को पकेट क्षेत्र तोकिएको छ । यसवर्षलाई टिमुर वर्षकै रुपमा मनाइने । डिभिजन वन कार्यालय दाङका प्रमुख दीपक ज्ञवालीले बताए ।