इन्द्रेणी संवाददाता
धनगढी, ३१ असार । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एक जना केन्द्रीय सदस्य र सेती महाकाली व्यूरो इञ्चार्जलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ गर्नेहरुमा केन्द्रीय सदस्य दाङ तुलसीपुर उपमहानगरपालिका ९ बस्ने निर्वाण भन्ने ओमप्रकाश पुन र सेती महाकाली व्यूरो इञ्चार्ज डडेलधुरा पर्शुराम नगरपालिका ७ घर भएकी २७ वर्षिया पूर्णिमा भन्ने गौरा धामी रहेको प्रहरीले जनाएको छ ।
बुधवार विहान प्रदेश २–०३–००५ प ९५९७ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुसँग खानतलासी लिदा एउटा कटुवा पेस्तोल र गोली समेत बरामद गरेको कैलाली प्रहरीले जनाएको छ । विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले दावी गरेको छ ।











