दाङ, ३१ असार । नेत्रविक्रम चन्द विप्लव समूहको नामबाट चन्दा मागेको आरोपमा दाङमा दई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बबई गाउँपालिका–५ सिमगैरा निबासी २८ बर्षका भाष्कर वली र १९ बर्षका केवल वली रहेका छन् ।
उनीहरुले सर्वसाधारण नागरिकबाट लाखौं चन्दा मागेको बताइएको छ । कल डिटेलका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट चन्दा माग्न प्रयोग गरिएको सिम र मोबाइल समेत बरामद गरेको छ । पक्राउ परेका दुबैजनालाई ईलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ भने प्रहरीले थप अनुसन्धान शुरु गरेको बताएको छ ।











