काठमाण्डौ, ३० असार । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मङ्गलबार छलफल भएको छ ।
६ दिनपछि छलफल भएपनि पार्टीभित्रको विवादबारे कुनै ठोस निष्कर्ष निष्कन सकेको छैन । दुई अध्यक्षले संवाद जारी राख्ने सहमति भएर आजको छलफल सकिएको स्रोतले जनाएको छ । छलफल वालुवाटारमा भएको हो ।











