इन्द्रेणी संवाददाता
दाङ, ३० असार । दाङमा एक जनाको रुखको हाँगाले च्यापिएर मृत्यु भएको छ । मोटरसाइकल चलाइ रहेको वेलामा एक्कासी रुखको हाँगा भाँचिएर च्यापदा तुलसीपुर ११ लहलौरा निवासी २३ वर्षका तुलसी चौधरीको मृत्यु भएको हो ।

death-child_n2Gm2H2Y46आज विहान करीव ८ बजेको समयमा रा २ प ८८० नम्बरको मोटरसाइकल चढेर लहलौराबाट तुलसीपुर आउदै गरेको अवस्थामा उनलाई रुखको हाँगाले च्यापेको थियो । घाइते चौधरीको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।