काठमाडौं, २४ असार । नेपालको राष्ट्रियतामाथि लगातार आपत्तिजनक र विवादित अभिव्यक्ति दिँदै आएकी समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई पार्टीले साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ ।

sarita-giriसाथै उनलाई सांसद पदबाट पनि निस्कासन गर्ने समाजवादी पार्टीले निर्याण् गरेको छ । कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटिएको नयाँ नक्साअनुसार निसान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन प्रस्तावमाथि गिरीले संशोधन राखेकी थिइन् । त्यही विषय बढ्दै गएर समाजवादीले गिरीलाई कारबाही गर्ने निर्णय गरेको हो ।