काठमाडौं, २४ असार । राजधानी उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि समुदायमा भने नफैलिएको अधिकारीहरूले दाबी गरेका छन् ।
उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा २८ जनामा कोराना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोरोना विस्तार समुदायमा भने नपुगेको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेको दाबी छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मङ्गलबारको नियमित पत्रकार सम्मेलनमा उपत्यकामा थप २८ जना सङ्क्रमित थपिएको प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । पछिल्लो पटक सङ्क्रमण देखिएकामा काठमाडौँका १४ जना, भक्तपुरका चार र ललितपुरका १० जना छन् । गत २४ घण्टामा देशभर २०४ जनामा कोरोना पुष्टि भएको छ । गोरखापत्रबाट











