काठमडौ २७ असार । शिक्षा मन्त्रालयमा बर्षौ देखि थाती रहेका शिक्षाका दुईओटा ऐन व्यवस्थापिका संसदबाट पारित भएपनि उच्च शिक्षा ऐन नआउँदा प्रस्तावित नयाँ विश्वविद्यालयका बारेका टुंगो लाग्न ढिलाई भएको छ । शिक्षा मन्त्रालयमा थप करिब डेढ दर्जन विश्वविद्यालय सञ्चालनका लागि प्रस्ताव गरिएको भए पनि उच्च शिक्षा ऐन नआउँदा प्रस्तावित विश्वविद्यालयका बारेमा कुनै टुंगो लाग्न नसकेको हो ।

160526031622_ministry_education_nepal_640x360_bbc_nocreditदेशभर अहिले ९ ओटा विश्वविद्यालय सञ्चालनमा छन् । ५६ वर्ष अघि स्थापना भएको त्रिभुवन विश्वविद्यालय नेपालको पहिलो विश्वविद्यालय हो । त्यसपछि नेपाल संस्कृत विश्वविद्यालय, काठमाडौं, पोखरा, पूर्वाञ्चल, बौद्ध विश्वविद्यालय गर्दै चार वर्षअघि सञ्चालनमा आएका पश्चिमाञ्चल, मध्यमाञ्चल र कृषि तथा बन विश्वविद्यालयसँगै देशमा अहिले विश्वविद्यालयको संख्या ९ पुगेको हो ।

सञ्चालनमा रहेका विश्वविद्यालयको दोब्बर संख्यामा नयाँ आउन चाहने विश्वविद्यालयको प्रस्ताव मन्त्रालयमा थन्किएर रहेका छन् । नयाँ विश्वविद्यालय सञ्चालन गर्न नयाँ उच्च शिक्षा ऐनको आवश्यक पर्ने भए पनि मन्त्रालयले ती प्रस्तावका बारेमा कुनै निणर्य गर्न सेकेको छैन ।

मन्त्रालयले बर्षौ अघि उच्च शिक्षा ऐन टेवुल गरेको भए पनि व्यवस्थापिका संसदले त्यसबारेमा छलफल नचलाउँदा मस्यौदाले विधेयकको प्रक्रिया धारण गर्न सकेको छैन । मन्त्रालय अन्र्तगतका शिक्षाको आठौ संशोधन र खुला विश्वविद्यालय सञ्चालन ऐन हालै पारित भएका छन् । अब पालो उच्च शिक्षा ऐनको रहेको मन्त्रालय स्रोतले जनाएको छ । उच्च शिक्षा ऐन पारित भए नयाँ विश्वविद्यालय सञ्चालन गर्न गरिएका प्रस्ताव उपर छलफल गरेर निणर्य गर्न बाटो खुला हुने मन्त्रालय स्रोतको दाबी छ ।