इन्द्रेणी संवाददाता
दाङ, १६ असार । दाङको घोराहीको आकाशमा पनि सलह किरा देखिएको छ । दिउँसो करीव साढे २ बजेदेखि करीव २ घण्टासम्म आकाशमा सलह देखिएको थियो ।

ddसलह आकाशमा करीव ३०/३५ मिटरमाथि हुँदै उत्तरतर्फ लागेको छ । ठूलो  संख्यामा सलह किरा उडेको देखेपछि केही स्थानीयहरुले थाली ठटाएर आवाज दिएका पनि देखिन्थ्यो ।