इन्द्रेणी संवाददाता
दाङ, १४ असार । दाङमा यसवर्ष झण्डै एक लाख टिमुरका विरुवा रोपिदैछ । जिल्लाको पहाडी भेगमा नागरिकको रोजगारी र आर्यआर्जनलाई मध्यनजर गर्दै एक लाख टिमुरका विरुवा रोप्ने कार्यक्रम रहेको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

timurआइतवार मात्रै तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ मा एक हजार टिमुरका विरुवा रोपिदैछ । जिल्लाको पहाडी भेग वंगलाचुली गाँउपालिकाका विभिन्न क्षेत्र, घोराही उपमहानगरपालिकाका वडा नं. १८ र १९, तुलसीपुर उपमहानगरपालिकाको वडा नं. ३ र १९ टिमुर लाई टिमुर र सुगन्धकोकिला (मालागेडी( को पकेट क्षेत्र तोकिएको छ ।

त्यस्तै उनका अनुसार बबई नदी आसपासको बगर र दाङ उपत्यकाको दक्षिण पश्चिम भागलाई मेन्था, क्योमोमाईल, सर्पगन्धा, कुरीलो जस्ता जडिवुटीको उत्पादनका लागि पकेट क्षेत्र तोकिएको छ ।

यसैबीच आइतवार राष्ट्रिय बृक्षारोपन दिवस २०७७ को अवसरमा यसवर्षको बृक्षारोपन अभियान शुरु गरिएको छ । घोराही उपमहानगरपालिका वडा नं. १८ नवलपुरमा घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी र डिभिजन वन कार्यालय दाङका प्रमुख दीपक ज्ञवालीले सयुक्त रुपमा बृक्षारोपन गरेर अभियानको शुरुवात गरेका हुन् ।

यो अभियानअन्तर्गत यसवर्ष दाङका विभिन्न क्षेत्रमा विभिन्न प्रजातिका २ लाख ५० हजार बढी विरुवा रोपिने डिभिजन वन कार्यालय दाङले जानकारी दिएको छ ।