इन्द्रेणी संवाददाता
दाङ, ११ असार । दाङमा प्रहरीले एक जनालाई हतियारसहित पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. १३ लापे बस्ने गंगाराम नेपालीलाई एक भरुवा बन्दुक र एउटा कटुवा पेस्तोलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
नेपालीलाई घरबाटै पक्राउ गरिएको र उनीको साथबाट भरुवा बन्दुकमा लाग्ने २१० थान फलामका छर्रा समेत वरामद गरिएको प्रहरीले जनाएको छ । उनलाई विशेष सूचनाका आधारमा उनलाई असार ९ गते पक्राउ गरी अनुसन्धान भइरहेको बताइएको छ ।











