नवलपरासी, ९ असार । पूर्वी नवलपरासीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

electricityमृत्यु हुनेमा स्याङजाका भरत थापा र विनयी त्रिबेणी ५ का आशिष विक रहेको प्रहरीले जनाएको छ । विनयी त्रिबेणी गाउँपालिका तीनमा टिपर खोलामा धुने क्रममा करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो ।

स्थानीय खोरन्डे खोलामा लु २ ख ४७४४ नम्बरको टिपर धुने क्रममा टिपरको पछाडीको भागले विद्युत पोलमा छुँदा उनीहरुलाई करेन्ट लागेको हो ।