कालिकोट, २८ जेठ । कालिकोटको नरहरिनाथ गाउँपालिकाबाट रास्कोट नगरपालिका जाँदै गरेको टिपर लालिघाटमा दुर्घटना भएको छ । जसमा दुईको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा रास्कोट नगरपालिकाकी २१ वर्षीया घुम्की सार्की र २३ वर्षीया सर्मिला कार्की रहेका छन् । कर्णाली करिडोरअन्तर्गतको सडकखण्डमा भारतबाट आई क्वारेन्टाइमा बस्न त्यसतर्फ जाने क्रममा कर्णाली करिडोरको सडकमा दुर्घटना भएको हो ।
टिपरमा ३९ जना जति रहेको अनुमान गरिएको छ । टिपर सडकबाट करिब २० मिटर तल कर्णाली नदिमा खसेको छ ।











