घोराही । दाङका खेतहरुमा ४० प्रतिशत धान रोपेर सकिएको छ । जिल्ला कृषि विकास कार्यालयले कुल खेती योग्य जग्गामध्ये ४० प्रतिशत खेतमा धान रोपेर सकिएको जनाएको छ ।

ropai1जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत श्रीधर ज्ञवालीले १६ हजार हेक्टर क्षेत्रफलमा धान रोपाई सकिएको जानकारी दिए । देउखुरी क्षेत्र, घोराही र तुलसीपुर गरी धान खेती हुने क्षेत्रको धमाधम धान रोपाई भईरहेको ज्ञवालीले जानकारी दिए ।

समयमै मनसुन सुरु भएपछि समयमै रोपाई सुरु भईसकेकाले ४० प्रतिशत खेतमा धान रोपाई भ्याईसकेको उनको दावी छ । कुल खेतीयोग्य ३६ हजार ५ सय हेक्टर मध्ये १६ हजार हेक्टर धान रोपाई सकिएको जानकारी दिए ।