वीरगञ्ज, १२ जेठ । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेका ४३ जना कोरोना संक्रमित आज निको भएर घर फर्किएका छन् । निरन्तर दुई पटकको परीक्षण रिपोर्ट नेगेटिभ आएका उनीहरुलाई अस्पतालले आज डिस्चार्ज गरेको हो ।
डिस्चार्ज हुनेमा तीन महिला र दुईजना सञ्चारकर्मी समेत छन् । यसअघि आइतबार बेलुका एकै परिवारका १८ जना डिस्चार्ज भएका थिए । ४३ जना डिस्चार्ज भएपछि नारायणी अस्पताल संक्रमितमुक्त भएको छ ।











