सपना कुँवर
सल्यान २७ । असार सल्यान बागचौर नगरपालिका २, ठिनबाङखोला नजिकै सडक बिग्रीदा गाडि सञ्चालक देखि यात्रुहरुले शास्ती भोगीरहेका छन । बर्षात शुरु भएसगै त्यस क्षेत्रको सडक बिग्रीदा काठमाडौ, नेपालगंज र दाङ बाट सल्यान रुकुम जाने र रुकुम सल्यानबाट काठमाडौ, नेपालगंज र दाङ आउने यात्रुहरु बिच बाटोमै समस्या भोग्ने गरेका हुन । जसले गर्दा यात्रुहरुलाई समयमै गन्तब्यमा पुग्न समस्या भैरहेको छ ।

13625185_573178179536780_1741927436_nदाङबाट रुकुम आउन अन्य समयमा ५ घण्टा लाग्ने गरेको भएपनि सडक बिग्रीदा ५ दिन समेत लाग्ने गरेको छ । यात्रुहरु कोहि हिडेरै गन्तब्यमा पुग्ने गरेको भएपनि मालबाहक सवारीसाधननहरु भने लामो समयसम्म उक्त क्षेत्रमा नै शास्ती भोग्ने गरेका छन ।रुकुम सल्यान दाङ सडक खण्ड ओटाशिल भएको भएपनि थारेमारे स्थित ठिनाबाङ खोला नजिक सडक माथीबाट पहिरो आएर सडक हिलाम्य भएपछि सवारीका साधनहरु उक्लन सक्ने गरेका छैनन । बर्षातका कारण करिब १ किलोमिटर मात्र सडक बिग्रीएर यस्तो समस्या भएको भएपनि सरोकारवाला निकायहरुको चासो दिएको देखिदैन ।

उक्त क्षेत्रमा बर्षातका कारण बाटो बिग्रीएर खेत रोप्ने हिलो झै हिलाम्य भएका कारण यातायातका साधनहरु सगै मोटरसाईकल र पैदल हिडडुल गर्न पनि सजिलो छैन । जसले गर्दा बिच बाटोमा सवारी साधानहरु रोकिदा सयौं यात्रुहरु समस्यामा पर्ने गरेको दाङबाट रुकुम तर्फ आईरहेका एक यात्री गोबिन्द बिश्वकर्माले बताए ।
उनका अनुसार बिरामी, बृदबृद्धा र वालवालिका सगै बिरामीहरु सबैभन्दा यसको मारमा पर्ने गरेका छन । थारेमारे क्षेत्रमा बर्षातको बेला गाडि अवरुद्ध हुने समस्या बर्षेणीको समस्या हो । बर्षातका बेला यस सगै यस सडक खण्डका धेरै ठाउँहरुमा गाडि अबरुद्ध हुने गरेका थिए ।

तर रुकुम दाङ सडक खण्ड स्तरबृदि गरि खोलामा पुल तथा अन्य सडकहरु ओटाशिल गरिएपछि अन्य क्षेत्रमा समस्यामा कमी आएपनि उक्त क्षेत्रमा अझै पनि समस्या जस्ताको जस्तै छ । उक्त क्षेत्रको समस्या समाधानका लागि ठिनबाङ खोलामा पुल निर्माण गरिएपनि ठेकेदारको लाप्रबाहीका कारण समस्या उस्तै रहेको स्थानीयहरुको भनाई रहेको छ ।