इन्द्रेणी संवाददाता 

सल्यान २७ असार, । जिल्ला प्रहरी कार्यालय सल्यानले जिल्लाभर प्रहरी मेरो साथी कार्यक्रम चलाउने भएको छ । अपराध रोकथाममा प्रहरीको एकल प्रयासले मात्रै नहुने भएकाले देशभर नै चल्ने विद्यार्थी लक्षित यो कार्यक्रमको सल्यानमा पनि भोलि उद्घाटन गरिने जिल्ला प्रहरी प्रमुख डिएसपि श्याम खत्रीले जनाए ।

11समाजमा बढ्दै गइरहेको लागु औषद, घरेलु हिंशा, लैंगिक हिंशा, मानव वेचविखन र ओसारपसार, वालविवाह जस्ता विकृती विसंगती तथा अपराध रोकथाम, नियन्त्रण गर्नका लागी प्रहरी मेरो साथी कार्यक्रम सञ्चालन गर्न लागीएको उनले जनाए ।

‘आर्थिक वर्ष २०७२।७३ बजेटमा सरकारले समेटेको कार्यक्रम अन्तर्गत नै यो कार्यक्रम सल्यानमा पनि शुरु हुँदैछ’ डिएसपि खत्रीले भने– ‘यो कार्यक्रमले समाजमा शान्ति सुरक्षा खल्बल्याउने, लुटपाट, गुण्डागर्दी, चन्दा जस्ता अपराधिक प्रकृतिका क्रियाकलाप नियन्त्रण गर्न सबैलाइ सचेत पर्ने र सहयोग पु¥याउनेमा हाम्रो विश्वास छ ।’
प्रहरी मेरो साथी कार्यक्रमको भोलि सोमबार जिल्ला प्रहरी कार्यालयमा हुने एक कार्यक्रमका विच जिल्ला न्यायाधिष माधवेन्द्र प्रसाद रेग्मीले उद्घाटन गर्ने पनि उनले जनाए ।यसपछि विशेष गरेर विद्यार्थीलाइ लक्षित गरेर जिल्लाका विभिन्न स्थानमा यो कार्यक्रम लगिने उनले जनाए ।

साथै भोलि विहान साढे ८ बजेतीर खलंगाको टुडिखेलबाट ¥यालि सहित जिप्रकाको प्रांगनमा हुने उद्घाटन कार्यक्रममा उपस्थीत भइदिन जिल्लामा क्रियाशिल राजनीतीक दलका, विभिन्न सरकारि तथा गैर सरकारि संस्था, विभिन्न संचारमाध्यममा आवद्ध पत्रकार, संचारकर्मी, शिक्षक, विद्यार्थी लगाएत सबैमा डिएसपि खत्रीले अनुरोध गरेका छन् ।।