काठमाडौं, २८ बैशाख । उपत्यकामा सवारी चलाउनका लागि आजदेखि टाइम कार्ड लागू गरिएको छ । विभिन्न कार्यालय र संस्थाका सवारी साधनहरुले तोकिएको समयमा मात्र चलाउन पाउने व्यवस्था गरिएको छ ।

trafikकार्यालय समयको लागि बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय जान र बेलुकी ५ बजेदेखि ६ बजेसम्म घर फर्कन समय छुट्ट्याइएको छ । त्यस्तै, अत्यावश्यक खाद्य वस्तुका लागि बिहान ४ बजेदेखि १० बजे अगाडिको समय तोकिएको छ।

त्यसैगरी निर्माण सामग्री बोकेका ठूला ट्रकरटिपर बेलुका ८ बजे प्रवेश गरेर बिहान ६ बजेभित्र गन्तव्यसम्म पुगिसक्‍नु पर्ने छ । बैँक तथा वित्तीय संस्थाका लागि पनि निश्चित समय तोकिएको छ । त्यस्तै औषधि र पानी बोकेका सवारीमा भने समय सीमा तोकिएको छैन ।