इन्द्रेणी संवाददाता
दाङ, २८ बैशाख । खुमबहादुर घर्ती रोजगारीको सिसिलामा कतार र दुवईमा गरी करीव १२ वर्ष वसे । फेरि पनि उनी विदेशै जाने तयारीमा थिए । तर गाउँकै साथीभाइले गाउँमै व्यवसायिक तरकारी खेती गरौं भनेपछि उनले पासपोर्ट थन्काए । खुमबहादुर एउटा पात्र मात्रै हुने । घोराही उपमहानगरपालिका वडा नं. १८ का ६ युवा मिलेर गाउँमै व्यवासयिक तरकारी खेती गरेका छन् ।

IMG_20200501_143329त्यहाँका खुमबहादुर घर्ती, जितबहादुर घर्ती, नोजबहादुर घर्ती, खिमबहादुर घर्ती, दिलबहादुर पुन र लितक रोकाले सयुक्त रुपमा रू. २० लाख लगानी गरेर व्यवसायिक तरकारी खेती गरेका छन् । यी ६ जना नै लामो समयदेखि रोजगकारीका लागि खाडीमूलुकमा जाने गरेका थिए । ‘गाउँमा खासै रोजगारी हुदैन विदेश जानुको पर्ने वाध्यता हुन्छ’, जितबहादुर घर्तीले भने, ‘तर यसपटक कति विदेश मात्रै धाउने भनेर गाउँमै तरकारी खेती शुरु गरेका छौं ।’

घोराही उपमहानगरपालिका वडा नं. १३ स्थित वगालेमा ५ विगाह जग्ग लिजमा लिएर टमाटर, काँक्रा, बन्दा, ब्रोकाउली, भिण्डी, गाँजरलगायतका तरकारीको खेती गरेका छन् । जितबहादुरले १४ वर्ष विदेशमा वसेको बताउदै भने, ‘विदेशमा काम वाध्याता हो, त्यो पसिना यहाँ वगाए कसो नहोलय भनेर तरकारी खेती गरेका छौं ।’ अहिले दैनिक वारीबाट सात÷आठ क्वीन्टल काँक्रा विक्री गर्न पाउदा उनीहरुमा उत्साह जागेको छ । आफ्नै घर परिवारसँग वसेर आफ्नै वारीबाट आम्दानी गर्न थालेपछि विदशेको पीडासमेत केही कम भएको उनीहरुको भनाइ छ ।