काठमाडौं, २२ बैशाख । जनता समाजवादी पार्टीको सांसद डा. सुरेन्द्र यादवलाई आफूहरुले अपहरण नगरेको भन्दै नेकपाका सांसदद्धय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसन) र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।
आज सोमबार मानव अधिकार आयोगको कार्यालय हरिहर भवन पुगेर उनीहरूले उजुरी दर्ता गराउदै सत्यतथ्य छानबिन गर्न माग गरेका छन् । तिनै जनालाई सांसद यादवलाई अपहरण गरेको आरोप लाग्दै आएको छ । डा. सांसद यादवले पनि बस्नेत र श्रेष्ठ तथा पूर्व आईजीपी खनालले अपहरण गरेको भन्दै वैशाख १८ गते आयोगमा उजुरी दिएका थिए ।











