दाङ, १८ बैशाख । दाङको दुधरासमा रहेको सोनापुर सिमेन्ट उद्योगले दोस्रो चरणमा अति बिपन्न परिवारलाई चामल हस्तान्त्रण गरेको छ ।

cement1घोराही उपमहानगरपालिका क्षेत्र, तुलसीपुर उपमहानगरपालिका र कम्पनिको खानी क्षेत्रमा रहेका बिपन्न परिवारका लागि २०० क्वीन्टल चामल हस्तान्त्रण गरिएको हो ।

आज एक कार्यक्रमका बिच सोनापुर सिमेन्ट उधोगका महाप्रबन्धक हरि पाठकले घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीलाई ४५ क्वीन्टल र तुलसीपुर उधोग बाणिज्य सघंमार्फत तुलसीपुर उपमहानगरपालिकालाई ५५ क्वीन्टल चामल हस्तान्त्रण गरिएको हो ।