काठमाडौं, १८ वैशाख । ज्वरो नाप्ने थर्मल गन कालोबजारी आरोपमा पक्राउ परेका सुलभ अग्रवाल धरौटीमा रिहा भए लगत्तै पुनः प्रहरीले पक्राउ गरेको छ ।

unnamedस्वास्थ्य सामाग्री खरिदमा कालोबजारीको मुद्दा दायर गरिएका व्यवसायी अग्रवाललाई काठमाडौं जिल्ला अदालतले आज धरौटीमा छाड्ने आदेश दिएको थियो ।

जिल्ला अदालत काठमाडौंमा २५ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भए लगत्तै उनलाई पक्राउ गरिएको परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले बताएका छन् ।

सम्पत्ति शुद्धिकरणमा समेत अनुसन्धान गर्न आवश्यक ठानिएकाले अग्रवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा पठाइने प्रहरीले जनाएको छ । अग्रवाल थर्मल गन कालोबजारी गर्दा गर्दै गत चैत २५ गते पक्राउ परेका थिए ।